Madhes Khabar
खेलकुद

नारायणी रंगशाला वीरगन्जको धरोहर हो, यसको साख फर्काउनु पर्छ : मन्त्री यादव

वीरगन्ज,११कार्तिकःसंघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गइरहेको वीरगन्जको नारायणी रंगशालाको संरक्षण र स्तरोन्नत्तीका लागि सरकारसंग पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार नारायणी रंगशाला र त्यससंगै जोडिएर रहेको क्रिकेट मैदानको स्थलगत अनुगमन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यसमेत रहेका मन्त्री यादवले देशकै ऐतिासिक धरोहरका रुपमा रहेको नारायणी रंगशालाको मर्मतसम्भार र स्तरोन्नत्तीका लागि संघीय सरकारबाट सहयोग गराउन आँफुले सक्दो पहल गर्ने बताए ।

अनुगमनपछि पर्सा क्रिकेट संघका पदाधिकारीसंगको छलफलमा उनले भने,‘नारायणी रंगशला दशरथ रंगशलापछि देशकै दोश्रो ठूलो रंगशाला हो । यो वीरगन्जको मात्र नभई मधेस प्रदेशकै ऐतिहासिक धरोहर हो । यसको पूरानो साख फर्काउन मैले संघीय मन्त्रीका रुपमा सरकारसंग के के गर्नु पर्छ ? त्यो मैले गर्छु ।’

नारायणी रंगशालाको स्तरोन्नत्तीका लागि यसअघि कैयन पटक आँफुले संसदमै आवाज उठाएको स्मरण गराउँदै मन्त्री यादवले भने,‘अब म मन्त्रीपरिषद बैठकमै यस बारे ध्यानाकर्षण गराउँछु ।’रंगशालाकै छेउमा रहेको क्रिकेट मैदानमा आसन्न एलिट कपका लागि भइरहेको तयारीबारेपनि पर्सा क्रिकेट संघका पदाधिकारीहरुसंग जानकारी लिदैं मन्त्री यादवले क्रिकेट मैदानको भइरहेको स्तरोन्नत्ती कार्यमापनि सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।

नारायणी रंगशला छेउको क्रिकेट मैदनमा आगामी पुषमा राष्ट्रिय टिमका खेलाडीहरुको सहभागीतामा एलिट कप क्रिकेट हुदैंछ । त्यसका लागि बंगलादेशबाट विज्ञ प्राविधिक सहितको टोलीले विगत एक महिनादेखि पिच र फल्डको स्तरोन्नत्ती कार्य गरिरहेको छ ।

मन्त्री यादवसंगै अनुगमनका रहेका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले पनि नारायणी रंगशलाको स्तरोन्नत्तीका लागि स्थानीय सरकारले प्रदेश र संघ सरकारसंग पटक पटक गुहार लगाइसकेको बताए । संघ र प्रदेशका खेलकुदमन्त्रीहरुले वीरगन्जमै आएर रंगशलाको स्थलगत अनुगमन गर्ने क्रममा आश्वासन दिएर फर्किएको जानकारी उनले मन्त्री यादवलाई गराए । संघ वा प्रदेश कुनैपनि सरकारले रंगशालाको स्तरोन्नत्तीका लागि काम थाले त्यसमा स्थानीय सरकार हातेमालो गर्न तयार रहेको मेयर सिंहले बताए ।
अनुगमनका क्रममा मन्त्री यादवसंगै मेयर सिंह, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह,जसपाका नेताहरु प्रेमबाबु पटेल,ईश्वरचन्द्र यादव, असलम आलम लगायतकोपनि सहभागीता थियो ।

 

Related posts

चेन्नईमाथि गुजरातकाे सहज जित

MadhesKhabar

टी–२० विश्वकपमा अनिल साहको हरेक रनमा नगद पुरस्कार दिने कलैयाका मेयर साहको घोषणा

MadhesKhabar

आईपीएलमा आज गुजरात र हैदराबाद तथा दिल्ली र चेन्नई खेल्दै

MadhesKhabar

Leave a Comment