Madhes Khabar
खेलकुद

साफ महिला च्याम्पियनसिप: भुटानसंग बराबरीमा राेकियाे नेपाल

तस्बिर :एन्फा ।

काठमाडौं,२कार्तिक:साफ महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा करिब दर्जन अवसर सदुपयोग गर्न नसक्दा नेपाल भुटानसंग अंक बाड्न बाध्य भएको हो ।

साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक कुनै पनि टिमसँग बराबरीमा रोकिएको हो । यसअघिका ६ संस्करणमा नेपालले खेलेका कुल २७ खेलमध्ये २१ मा जित र ६ खेलमा हार बेहोरेको इतिहास छ ।

शुक्रबार भएकाे भुटानसंगकाे खेलमा अधिकांश समय बलमाथि नियन्त्रण बनाएको नेपालबाट २३औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकिनन् । भुटानको पेनाल्टी बक्समा पाएको बल उनले नियन्त्रणमा राखे पनि प्रहारका लागि केही समय लिँदा भुटानी गोलकिपरले खतरा टारिन् ।

२४औँ मिनेटमा पुनः रश्मिले अवसर सदुपयोग गर्न सकिनन् । यसपटक पनि रश्मिले प्रहारका लागि समय लिँदा उनको प्रहारले जाली चुक्न सकेन ।

त्यसको दुई मिनेटपछि नेपालले अर्को अवसर सदुपयोग गर्न सकेन । प्रीति राईले निकालेको थ्रू बलमा सरु लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार आकासियो ।

दोस्रो हाफमा पनि नेपाली करिब आधा दर्जन सुन्दर अवसरको सदुपयोग गर्न सकेन ।बराबरीसंगै नेपाल र भुटानले समान एक एक अंक जोडेका छन् ।

प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यस समूहमा नेपाल र भुटानसँगै माल्दिभ्स र श्रीलंका छन् ।

Related posts

एकदिवसीय क्रिकेटमा रोहित शर्माको १० हजार रन पूरा

MadhesKhabar

नेपालले वेष्ट इन्डिजलाई दियाे १४९ रनकाे लक्ष्य

MadhesKhabar

टी–२० विश्वकप क्रिकेटमा बंगलादेश माथि भारतको रोमान्चक जित

MadhesKhabar

Leave a Comment