Madhes Khabar
खेलकुद

एकदिवसीय क्रिकेटमा रोहित शर्माको १० हजार रन पूरा

वीरगन्ज,२६ भदौं : भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् ।

एसिया कप क्रिकेटको ’सुपर फोर’ मा मंगलबार भइरहेको श्रीलंकाविरुद्धको खेलमा रोहित शर्माले १० हजार रन पूरा गरेका हुन् । श्रीलंकाका कसुन रजिथाको बलमा छक्का प्रहार गर्दै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

रोहित एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गर्ने छैटौँ भारतीय खेलाडी बनेका छन् । यसअघि सचिन तेन्दुलकर (१८४२६), विराट कोहली (१३०२४), सौरभ गाङ्गुली (११३६३), राहुल द्रभिड (१०८८९) र महेन्द्रसिंह धोनी (१०७७३) ले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरेका थिए ।

यस्तै रोहित एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने दोस्रो खेलाडी भएका छन् । उनले २ सय ४१ पारीमा यो उपलब्धि हासिल गरेका छन् । रोहितभन्दा अघि भारतकै अर्का क्रिकेटर विराट कोहली छन् । उनले २ सय ५ पारीमा १० हजार रन पूरा गरेका थिए ।

Related posts

नेपाललाई क्यानडाले दियाे २३३ रनको लक्ष्य

MadhesKhabar

अफगानिस्तानविरुद्धको टी –२० सिरिज: भारतीय टिममा फर्किए विराट र राेहित

MadhesKhabar

जीतपुरसिमरा भेट्रान फुटबलमा कटारी र सिक्किमको विजयी सुरुवात

MadhesKhabar

Leave a Comment