काठमाडौं,२९माघ:नेपालका सामु क्यानडाले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध जारी एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको हो।
क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरे । उनी ५० रन बनाएर आउट भए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट भए । कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।
बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । ८ ओभर बलिङ गरेका हेमन्तले ४९ रन खर्चेर ३ विकेट लिए ।कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिए ।
क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज यसअघि नै दुई खेल जित्दै नेपालले आफ्नो पक्षमा पारिसकेको छ ।