Madhes Khabar
खेलकुद

नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा नेपाल पाकिस्तानसंग पराजित

काठमाडौं,१६मंसिरः नेपाललाई हराउँदै आयोजक पाकिस्तान नेत्रहीन टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मुल्तानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले नेपाललाई १० विकेटले हराएको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा विना कुनै विकेटको क्षतिमा भेट्यायो । पाकिस्तानका कमरन अख्तरले ६३ र बाबर अलीले २८ रन बनाए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका दुर्गादत्त पौडेलले ४० रन बनाए । पाकिस्तानका मती उल्लाहले तीन विकेट लिए ।

सन् २०१२ देखि नेत्रहीन टी–२० विश्वकपमा सहभागी हुँदै आएको नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको थियो ।

Related posts

परवानीपुर गोल्डकप : बागमति फुटबल क्लब सेमिफाइनलमा

MadhesKhabar

हिमालयन शेर्पाले जित्याे जीतपुरसिमरा गोल्डकपको उपाधि

MadhesKhabar

विश्वकप क्रिकेटमा बंगलादेशकोपनि सुखद सुरुवात

MadhesKhabar

Leave a Comment