Madhes Khabar
खेलकुद

वीरगन्जमा आयोजित कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधि प्रिस्टन भ्यालीले जित्यो

वीरगन्ज,२८ मंसिर : वीरगन्जमा आयोजित कर्पोरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्टको उपाधि प्रिस्टन भ्यालीको टीमले जितेको छ । प्रिस्टन भ्याली, वीरगन्जको सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको भारतीय कम्पनि हो ।

आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा अग्निी ग्रुपलाई सुपर ओभरमा स्तब्ध पार्दै प्रिस्टन भ्याली च्याम्पियन बनेको हो ।

सुरुमा ब्याटिंग गरेर प्रिस्टन भ्यालीले दिएको ८२ रनको लक्ष्य जवाफी ब्याटिंगमा उत्रिएको अग्नी ग्रुपलेपनि ८१ रन मात्रै बनाएपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछिको सुपर ओभरको खेलमा अग्नि ग्रुपले ३ रनकोमात्र दिएको लक्ष्य पुरा गर्दै प्रेस्टिन भ्यालीले उपाधि आफ्नो पोल्तामा पार्न सफल भयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अग्नी ग्रुपका बिक्रम बस्नेत, उत्कृष्ट ब्याटर प्रिस्टन भ्यालीका अफ्ताब हुसैन र उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता घोषित भए।

प्रतियोगिताको समापन समारोहमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका महाप्रबन्धक शहनवाज अन्सारीले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको अध्यक्षता वीरगन्ज स्पोट्र्स एकाडेमीका अध्यक्ष सन्दिप गुप्ताले गरेका थिए ।

लायन्स क्लब वीरगन्ज परिवार र वीरगन्ज स्पोट्र्स एकाडेमीले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा २४ टिमले भाग लिएका थिए।

Related posts

सप्तरीलाई हराउँदै बारा सेमिफाइनलमा

MadhesKhabar

मधेस प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकप शनिबारदेखि

MadhesKhabar

अष्ट्रेलियामा जारी टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

MadhesKhabar

Leave a Comment