Madhes Khabar
खेलकुद

मैत्रीपूर्ण फुटबल खेलमा चिनियाँ टाेलीमाथि नेपालकाे फराकिलाे जीत

काठमाडौं,२७माघ:नेपालको यू–२३ टिमले मैत्रीपूर्ण फुटबल खेलमा चीनको छिङ हाइ युसुलाई ५–१ ले हराएको छ ।काठमाडौंकाे दशरथ रंगशालामा शनिबार भएकाे खेलमा समीर राईकाे दुई गाेलकाे मदतले नेपालले चिनियाँ टाेलीलाई ५-१ काे फराकिलो अन्तरले हराउन सफल भएकाे हाे।

खेल चिनिया नयाँ वर्षको अवसरमा आयोजना गरिएको हो । नेपालका लागि समीरसँगै सन्जिव विष्ट, छिरिङ लामा र नीराजन धामीले एक एक गोल गरे । खेलको दोस्रो मिनेटमा आयुष घलानको क्रसमा सन्जिवले हेडबाट पहिलो गोल गरे । खेलको ३७ औं मिनेटमा छिरिङको क्रसलाई समीरले नजिकको दूरीबाट हेड गर्दै गोल गरे ।

खेलको तेस्रो गोल दोस्रो हाफको ५४ औं मिनेटमा निस्केको थियो, जति बेला सन्जिवको क्रसलाई समीरले हेडबाट पोस्टको दिशा दिए । छिरिङले ६३ औं मिनेटमा उत्सवले चौथो गोल गरे । यस्तै, ७४ औं मिनेटमा नीराजनले पाँचौं गोल गरे । खेलको पहिलो राम्रो मौका भने छिङ हाइ युसले बनाएको थियो ।

बुझाउ निमाको प्रहारले पोस्टका दिशा लिए पनि त्यो अफ साइड रह्यो । उसका लागि एक मात्र गोल झाछि पेङकुओले गरे । खेलको ७८ औं मिनेटमा पोस्टमा लागेर फर्केको बलममा उनले आफ्नो टिमका लागि सान्त्वना गोल गरेका हुन् । यस चिनियाँ टिमको यो विदेशी भूमिमा पहिलो खेल हो ।साभार:ईकान्तिपुर

Related posts

कार्पोरेट सुपर सिक्स क्रिकेट : गरिमा विकास बैंकमाथि ओम्नी ग्रुपको फराकिलो जित

MadhesKhabar

सखुवा प्रसौनीको पचगाँवामा आयोजित दंगल कुश्तीको गाँउपालिका अध्यक्ष यादवले गरे उद्घाटन

MadhesKhabar

वीरगन्जमा आयोजित दुई दिवसीय क्रिकेटको उपाधीमाथि पर्सा ब्लुको कब्जा

MadhesKhabar

Leave a Comment