Madhes Khabar
खेलकुद

विश्वकप फुटबल : क्राेएसियाद्वारा पानामा पराजित

Panama’s Jose Fajardo (17) and Croatia’s Luka Modric (10) vie for the ball during the second half of a World Cup Group L soccer match, in Toronto, on Tuesday, June 23, 2026. (Frank Gunn/The Canadian Press via AP)

काठमाडौं,१०असार: फिफा विश्वकप २०२६ मा बुधबार बिहान भएको खेलमा क्राेएसियाले पानामालाई १-० ले पराजित गरेको छ ।

समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको जारी विश्वकपमा यो पहिलो जित हो र यो जितले राहत मिलेको छ ।

क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका एन्टाे बुडिमरले दोस्रो हाफमा निर्णायक गोल गरे ।

उनाले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

त्यसपछि दुवैले टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोल भएन ।

पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४-२ ले पराजित भएको क्रोएसिया पहिलो जितपछि ३ अंक जोड्न सफल भएको छ । समूह एलमा उ तेस्रो स्थानमा छ ।

क्रोएसियाले अब अन्तिम खेल घानासँग खेल्नेछ र समूह चरण पार गर्न उक्त खेलमा निर्णायक हुनेछ । घानालाई पराजित गरेमा क्रोएसिया समूह एलको शीर्ष दुईमा रहेर नकआउट चरणमा प्रवेश गर्नेछ ।

पानामा भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिने पक्का भएको छ । पानामा पहिलो पहिलो खेलमा पनि घानासँग १-० ले नै पराजित भएको थियो ।

पानामाले अब अब अन्तिम खेलमा इंग्ल्यान्डसँग खेल्नेछ ।

Related posts

नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा नेपाल पाकिस्तानसंग पराजित

MadhesKhabar

एसिया कपमा भारतले पाकिस्तानलाई हरायाे

MadhesKhabar

नेशनल ईन्फोटेक कप: वीरगन्ज सेन्ट्रलमाथि सेन्टजेभियर्सकाे सहज जीत

MadhesKhabar

Leave a Comment