Madhes Khabar
खेलकुद

नेशनल ईन्फोटेक कप: वीरगन्ज सेन्ट्रलमाथि सेन्टजेभियर्सकाे सहज जीत

वीरगन्ज,२८पुष:वीरगन्जमा जारी `नेशनल ईन्फोटेक कप´अन्तरगत शनिबार भएको दोस्रो खेलमा वीरगन्ज सेन्टजेभियर्स स्कुल विजयी भएको छ ।नारायणी रंशालाकाे क्रिकेट मैदानमा भएकाे खेलमा सेन्टजेभियर्सले वीरगन्ज सेन्ट्रल स्कुललाई १९ रनले पराजित गरेकाे हाे।

११२ रनको जवाफी लक्ष्य पछ्याएको वीरगन्ज सेन्ट्रल पूरै २० ओभर खेलेर ९ विकेट गुमाउँदै ९२ रनमै समेटिएपछि खेल खेल सेन्टजेभियर्सले जितेकाे हाे।उसका लागि कमलेश पटेलले १९ रन बनाए भने प्रेम प्रकाश माझीले १८ रन जोडे ।

बलिङतर्फ सेन्टजेभियर्सका विकास प्रसाद पटेल र सन्देश कुमार पटेलले ३/३ विकेट लिए भने राजु महतोले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेकाे सेन्जेभियर्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १११ रनको योगफल तयार पारेको थियो ।उसका लागि असरफ अन्सारीले २६ र साजिद अन्सारीले २२ रन बनाए ।

बलिङतर्फ सेन्ट्रल स्कुलका प्रेम प्रकाश माझीले २ विकेट लिए भने मोहम्मद अलीले १ विकेट लिए ।

उक्त खेलकाे प्लेयर अफ दी म्याच सेन्टजेभियर्सका सन्देश कुमार पटेल घोषित भए ।

Related posts

नेपाल क्यानडासंग पराजित

MadhesKhabar

नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले जित्यो टी–२० सिरिज

MadhesKhabar

फेरि अभागी साबित भयाे बेंग्लाेर, ४ विकेटकाे जित हात पार्दै राजस्थान दोस्रो क्वालिफायरमा

MadhesKhabar

Leave a Comment