Madhes Khabar
खेलकुद

पिएम कप क्रिकेटको तयारीमा वीरगन्जः रातभर चल्दैछ मैदान मर्मतको काम, मेयर सिंह आफैं खटिए

वीरगन्ज,१८माघःवीरगन्जमा आयोजना हुन लागेको प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगिताको तयारीलाई महानगरपालिकाले तीब्रता दिएको छ। प्रतियोगिताका लागि निर्धारित नारायणी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप तयार पार्न अहिले २४ सैं घण्टा मर्मतको काम भइरहेको छ।

तयारीको पछिल्लो अवस्था बुझ्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह आफैं राति अबेरसम्म मैदानमा खटिइरहेका छन्। राति १० बजे मैदानमा पुगेका मेयर सिंहले निर्माण कार्यको निरीक्षण गर्दै कामलाई गति दिन निर्देशन दिए। “हामीले खेलकुदको माध्यमबाट वीरगंजको गरिमा बढाउनुपर्नेछ, त्यसैले तयारीमा कुनै कमी हुन दिने छैनौं,“ निरीक्षणका क्रममा उनले भने।

मैदानमा मुख्य पिच यसअघि नै तयार भइसकेको भए पनि खेलाडीहरूलाई अभ्यासका लागि थप पिचको आवश्यकता महसुस गरी नयाँ पिच निर्माणपनि सुरु गरिएको छ। मुख्य पिचभन्दा पश्चिम तर्फ रहेको खाली ठाउँमा माटो भरेर नयाँ पिच बनाउने काम अहिले धमाधम चलिरहेको छ। रातको समयमा पनि पिच र मैदान सम्याउने काम भइरहेको छ ।

प्रतियोगिता नजिकिँदै गर्दा मैदानको आउटफिल्ड सुधार, दर्शक दीर्घाको व्यवस्थापन र प्राविधिक तयारीलाई महानगरले उच्च प्राथमिकतामा राखेको छ। तराईको चिसो मौसमका बाबजुद पनि राति १०–११ बजेसम्म मेयर आफैं उपस्थित भएर कामको अनुगमन गर्दा निर्माण टोली र स्थानीय खेलप्रेमीहरू उत्साहित देखिएका छन्।

Related posts

बीएसएल : वीरगन्ज रोयल्समाथि मधेस इलिट्सको सानदार जित

MadhesKhabar

आईपीएलबाट बाहिरियाे गुजरात

MadhesKhabar

खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा पुन सुनील गाउँले सर्वसम्मत

MadhesKhabar

Leave a Comment