Madhes Khabar
खेलकुद

खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा पुन सुनील गाउँले सर्वसम्मत

सिमरा, ३० असार : नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको छैठौं साधारण सभा तथा दोश्रो अधिवेशन शनिवार बाराको सिमरामा सम्पन्न भएको छ ।

अधिवेशनले नेपाल खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा पुन सुनील गाउँलेलाई चयन गरेको छ ।यस्तै मञ्चको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिबमा बसन्त खतिवडा, सहसचिबमा प्रदिप गौतम, कोषाध्यक्षमा पुष्पराज खतिवडा, सदस्यहरुमा सिता अधिकारी, निलिसा बर्मा, नवराज चौलागाँई र श्याम गुप्ता सर्वसम्मत चयन भएका छन् ।

यसअघि नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीको प्रमूख आतिथ्यता तथा नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराका अध्यक्ष सुनील गाउँलेको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा पत्रकार महासंघ मधेस प्रदेशका पूर्व सचिब गुरु प्रसाद गौतम, पत्रकार प्रकाश लम्साल, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी, प्रेस युनियन बाराका उपाध्यक्ष बसन्त खतिवडा, प्रेस सेन्टर बाराका उपाध्यक्ष प्रदिप गौतम, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, पत्रकार राजमणी बराल लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

Related posts

जीतपुरसिमरा गाेल्डकपकाे उद्घाटन खेलमा वीरगन्ज आर्मीसंग पराजित

MadhesKhabar

टी-२० विश्वकप क्रिकेट : भारतले पाकिस्तानलाई हरायाे

MadhesKhabar

भारतलाई हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा

MadhesKhabar

Leave a Comment