वीरगन्ज,०६मंसिरःवीरगन्जमा शनिबारदेखि सुरु वीरगन्ज सुपर लिग (बीएसएल) क्रिकेट प्रतियोगिताको दोश्रो खेलमा मधेस इलिट्स विजयी भएको छ ।नारायणी क्रिकेट मैदानमा शनिबार नै भएको खेलमा मधेस इलिट्सले रोयल्स वीरगन्जलाई ६ विकेटले पराजित गरेको हो।
वीरगन्ज रोयल्से दिएको १२२ रनको लक्ष्य मधेस इलिट्सले १४.४ ओभरमै मात्र ४ विकेट गुमाएर पुरा गर्यो । उसका लागि नवीनकुमार यादवले सर्वाधिक ४१ रन र सनी कुशवाहाले ३१ रन बनाए । बलिङ्तर्फ वीरगन्ज इलिट्सका लागि सन्जन महतोले ३ र आदर्श भण्डारीले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले व्याटिंग गरेको वीरगन्ज इलिट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२१ रनमात्रै बनाएको थियो । उसका लागि आदर्श भण्डारीले ५६ र सोनु शर्माले २५ रनको योगदान दिएका थिए ।बलिङ्तर्फ मधेस इलिट्सका रोहन यादवले २ तथा प्रथम साह कानुले १ विकेट लिएका थिए ।
वीरगन्ज युथ स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शनिबार नै उद्घाटन खेलमा ड्रागन्स् अफ साहिब दरबारले कालीकामाई क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको थियो । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले औपचारिक उद्घाटन गरेको प्रतियोगितामा साउथ जोन स्टार्स, ड्रागन्स अफ साहिब दरबार, मधेस एलिट्स, रोयल वीरगन्ज ११ र अपन कालिकामाई गरी पाँच फ्रेन्चाइजी टिमले भाग लिएको प्रतियोगिताका संयोजक एंव पूर्व राष्ट्रिय खेलाडी हासिम अन्सारीले जानकारी पदए ।
उनका अनुसार, यसअघि गत असोज २५ गते नेशनल इन्फोटेक कलेजमा सम्पन्न भव्य खेलाडी लिलामी (अक्सन) मा १४५ जना खेलाडी सहभागी भएका थिए । अक्सनबाट छानिएका खेलाडीहरूलाई पाँच टिमले किनेका थिए ।प्रतियोगिताको लिग चरणमा कुल ११ खेल हुनेछन् । फाइनल खेल मंसिर १३ गते हुनेछ ।

