Madhes Khabar
खेलकुद

आईपीएलमा आज मुम्बई र बेंगलुरु आमने सामने हुदैं

वीरगन्ज,२५चैत:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज(साेमबार) मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै छन् ।

यी दुई बीचकाे खेल मुम्बई स्थित वानखडे स्टेडियममा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । मुम्बईको कप्तानमा हार्दिक पाण्ड्या छन् भने बेंगलुरुको कप्तानमा रजत पाटिदार छन् ।

जारी आईपीएलमा मुम्बईले हालसम्म ४ खेल खेल्दा १ जित मात्र निकालेको छ भने बेंगलुरुले ३ खेलमा २ जित निकालेको छ । दुवै टोली आ-आफ्ना पछिल्लो खेलमा पराजित भएका छन् ।

Related posts

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

विन्दवासिनी गाउँपालिकाको गर्दौलमा कुश्ती खेलाडी र प्रशिक्षकहरुलाई सम्मान

MadhesKhabar

टी-२० विश्वकप जित्ने टिमले नगद साढे ३२ कराेड रुपैयाँ पुरस्कार पाउने

MadhesKhabar

Leave a Comment