Madhes Khabar
खेलकुद

टी-२० विश्वकप जित्ने टिमले नगद साढे ३२ कराेड रुपैयाँ पुरस्कार पाउने

काठमाडौं,२१जेष्ठ:अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले वेस्ट इन्डिज र अमेरिकामा जारी आइसीसी टी-२० विश्वकप क्रिकेटको पुरस्कार राशी सार्वजनिक गरेको छ ।

आइसीसीले यसपटक विश्वकप इतिहासकै सर्वाधिक पुरस्कार राशी घोषणा गर्ने क्रममा उपनधि विजेता टिमलाई २४ लाख ५० हजार अमेरिकी डलर अर्थात् झन्डै ३२ करोड ५० लाख नेपाली रुपैयाँ दिने घोषणा गरेको छ । यससंगै उपविजेता टिमले १६ करोड रुपैयाँ प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पराजित हुने टोलीले साढे ११ करोड रुपैयाँ प्राप्त गर्दा सुपर ८ मा प्रतिस्पर्धा गर्ने टोलीले पनि कम्तिमा ५ करोड रुपैयाँ पाउनेछन् ।

विश्वकपको समूह चरणमा तेस्रो हुने चार टोलीले ३ करोड ३० लाख रुपैयाँ पाउँदा हरेक समूहको पुछारका दुई टोलीले झन्डै ३ करोड रुपैयाँ प्राप्त गर्नेछन् । हरेक टोलीले विश्वकपमा खेल जित्दा ४० लाख रुपैयाँ अतिरिक्त पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाल यसपटक विश्वकपको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले आफ्नो पहिलो खेल मंगलबार नेदरल्यानड्ससंग खेल्दैछ । खेल नेपाली समयअनुसार रातको ९:१५ बजेदेखि सुरु हुनेछ ।

Related posts

सिंगापुरलाई पराजित गर्दै नेपाल फाइनलमा

MadhesKhabar

ठाेरी गाेल्डकप फुटबल : दुई आत्मघाती गाेल गरेकाे नवलपरासी मकवानपुरसंग स्तब्ध

MadhesKhabar

भुटानसंग बराबरीमा राेकियाे नेपाल

MadhesKhabar

Leave a Comment