काठमाडौं,१९कार्तिकः टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ ।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४ रन बनाए ।आक्रमक व्याटिङ गरेका झाले २० बलमै अर्धशतक हानेका थिए । यस्तै कप्तान रोहितकुमार पौडेलले अविजित ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।
यसअघि समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । आज फाइनल खेलमा नेपाललाई ओमानसँग बदला लिने अवसर छ ।

