वीरगन्ज,५ चैत:वीरगन्ज युनाईटेड क्लब तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे छ।साेमबार भएको खेलमा जन जागृती युवा क्लब सिमरा बारालाई १-० गोल अन्तरले पाखा लगाउँदै वीरगन्ज युनाईटेडले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
खेलको पहिलो हाफको पाँचौ मिनेटमा वीरगन्ज युनाइटेड क्लब अमर डंगोलले गरेकाे गाेल नै निर्णायक बन्याे । साेमबारकाे खेलकाे म्यानदअफ दी म्याच डंगाेल नै घाेषित भए।उनलाई परवानीपुर निवासी प्रदीप सरार्फले नगद २ हजार १ सय सहित शिल्ड प्रदान गरे ।
चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी छन् ।

