वीरगन्ज,२कार्तिक : आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार चौथो जित हात पारेको छ।
पुणेमा बिहीबार भएको बंगलादेशविरुद्धको खेलमा भारतले ७ विकेटको जित हात पारेको हो।बंगलादेशले दिएको २५७ रनको लक्ष्य भारतले ४१.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेकाे हाे।
भारतको जितमा विराट काेहलीलीले १०३ रनको अविजित पारी खेलेका छन्। ९७ बलमा उनले ६ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै केएल राहुलले अविजित ३४ रनको योगदान दिए।
भारतका लागि शुभम गिलले ५३, कप्तान रोहित शर्माले ४८ र श्रेयस लयरले १९ रन बनाएर पेभेलियन फर्किएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर २५६ रन बनाएको थियो। बंगलादेशका लागि लिटन दासले सर्वाधिक ६६ रन बनाए। त्यस्तै तन्जिद हसनले ५१, महुमुदुल्लाहले ४६, मसुफिकर रहिमले ३८ रन बनाए।
पहिलो खेलमा जित दर्ता गरेको बंगलादेश त्यसयता तीन खेलमा पराजित भएको छ।

