Madhes Khabar
खेलकुद

यू–१९ महिला टी–२० विश्वकपबाट बाहिरियो नेपाल,अष्ट्रेलियासंग ८३ रनले पराजित

काठमाडौं,९माघःमलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले अष्ट्रेलियासंगपनि पराजित भएको छ । यो हारसंगै नेपाल विश्वकपको उपाधि होडबाट बाहिरिएको छ ।

मलेसियाको बांगीस्थित युएसडी–युकेएम ओभलमा बुधबार भएको खेलमा अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याँउदै जवाफी व्याटिङमा उत्रिएको नेपालले ८ ओभरमा ५६ रनमात्रै बनाएपछि खेल अष्ट्रेलियाले ८३ रनको अन्तरले जितेको हो । नेपालका लागि कप्तान पूजा महत्तोले सर्वाधिक १८ रन तथा साना प्रविण र सावित्री धामीले समान सात रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।उसका लागि काओइमहे ब्रेले ४५ र एलेनोर लारोसाले ३१ रन बनाए।

बलिङ्तर्फ नेपालकीलागि कप्तान पुजा महत्तोले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् । सिमाना केसीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् ।

समूह डी मा यसअघि बंगलादेश र स्कटल्याण्डसँग पराजित भएको नेपालका लागि सुपर सिक्समा पुग्न आज अष्ट्रेलियालाई पराजित गर्नैपर्ने थियो । तर आज अष्ट्रेलियासँग पराजित भएसंगै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

Related posts

बंगलादेशविरुद्धको टेष्ट सिरिजमा भारतको क्लिनस्वीप

MadhesKhabar

वीरगन्जमा जारी प्रधानमन्त्री कप क्रिकेट : कोशीमाथि गण्डकीको फराकिलो जित

MadhesKhabar

टी–२० विश्वकप : नेपालको पहिलो खेल आज नेदरल्यान्ड्ससंग

MadhesKhabar

Leave a Comment