Madhes Khabar
खेलकुद

टी–२० विश्वकप : नेपालको पहिलो खेल आज नेदरल्यान्ड्ससंग

काठमाडौं,२२जेष्ठः वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज(मंगलबार) नेपालले आफनो खेल खेल्दैछ ।

समूह डी मा रहेको नेपालले आफनो पहिलो खेलमा नेदरल्यान्ड्ससंग प्रतिस्पर्धा गर्न लागेको हो । यी दुई बिचको खेल अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार बेलुकी सवा ९ बजेदेखि सुरु हुनेछ ।

नेपाल १० वर्ष पछि पहिलो पटक विश्वकप खेल्दैछ । नेपाली टोली एसिया महादेश छनोटको दोस्रो स्थानमा रहेर विश्वकपमा छानिएको हो । दश वर्ष पछि विश्वकपमा स्थान बनाएको नेपाली टोलीमा एक खेलाडी बाहेक सबै खेलाडीले पहिलो पटक विश्वकप खेल्दैछन् ।

नेदरल्यान्ड्सले भने छैटौं पटक विश्वकपमा स्थान बनाएको हो । सन् २०२२ मा अस्ट्रेलियामा भएको आठौं संस्करणको विश्वकपमा शीर्ष आठमा रहेर नेदरल्यान्ड्सले विश्वकपमा स्थान बनाएको हो ।

नेपाल र नेदरल्यान्ड्सले अहिले सम्म टी–२० आईको इतिहासमा १२ खेलमा आमने सामने भएका छन् । नेपाल पाँच खेलमा विजयी हुँदा ६ खेल नेदरल्यान्ड्सले जित्दा एक खेल नतिजाबिहिन रुपमा सकिएको छ । विश्वकपमा भने नेपाल र नेदरल्यान्ड्सबीच पहिलो पटक खेल हुदैछ ।

जारी विश्वकपमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह डी मा नेपाल र नेदरल्यान्ड्सको अलावा दक्षिण अफ्रिका, श्रीलंकाका र बंगलादेश तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल साह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

Related posts

दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित

MadhesKhabar

वीरगन्जमा आयोजित विद्यालय स्तरीय फुटबलको उपाधि भूपू सैनिक स्कुलले जित्यो

MadhesKhabar

विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलंका खेल्दै

MadhesKhabar

Leave a Comment