Madhes Khabar
खेलकुद

एनआई कप टि–२० क्रिकेट : ग्लोबल बिजनेसमाथि वीरगन्ज सेन्ट्रलको सहज जीत

वीरगन्ज,२९पुषः वीरगन्जमा जारी नेशनल ईन्फोटेक (एनआई) कप टि–२० क्रिकेट अन्र्तगत सोमबार भएको पहिलो खेलमा वीरगन्ज सेन्ट्रल कलेजले जीत हात पारेको छ । नारायणी क्रिकेट रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा वीरगन्ज सेन्ट्रलले ग्लोबल बिजनेस कलेजलाई ७ विकेटले पराजित गरेको हो ।

ग्लोबल बिजनेसले पहिले व्याटिङ गरि दिएको ९४ रनको लक्ष्य वीरगन्ज सेन्ट्रलले १५ ओभरमा ३ विकेटको क्षतिमै भेट्याएर जीत हात पारेको हो । उसका लागि कमलेश दासले उत्कृष्ठ प्रदर्शन गर्दै २ छक्का र ४ चौकाको मदतमा ४७ रन बनाए भने निकेश गुप्ताले ३२ रन बनाए । ग्लोबल बिजनेसका आदर्श भण्डारीले २ विकेट र अफन मल्लिकले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको ग्लोबल बिजनेसले १९ ओभरमा ७ विकेट गुमाउँदै ९३ रन बनाएको थियो । ग्लोबलका लागि विवेक यादवले सबैभन्दा बढी १८ रन जोडे । आदर्श भण्डारीले १६ र साहिल सर्राफले १२ रन बनाए ।

ग्लोबल बिजनेसलाई सस्तैमा समेट्न वीरगन्ज सेन्ट्रलका निकेश गुप्ताले ३ विकेट लिए । मुकेश मण्डल र प्रेम प्रकाशले १/१ विकेट लिए ।

Related posts

आईपीएलकाे प्लेअफमा पुग्ने पहिलाे टाेली बन्याे काेलकाता

MadhesKhabar

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाइ

MadhesKhabar

भारतसंग अस्ट्रेलियाकाे लज्जास्पद हार

MadhesKhabar

Leave a Comment