Madhes Khabar
खेलकुद

जय ट्रफी क्रिकेटका लागि मधेस प्रदेशको प्रारम्भिक टिम घोषणा, को को परे ?

काठमाडौं,१४पुसः जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेशले प्रारम्भिक टोली घोषणा गरेको छ ।
मधेस प्रदेश क्रिकेट संघले शनिबार हरिशंकर साहको कप्तानीमा बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सार्वजनिक गरेको हो । टोलीमा उपकप्तानमा अभिषेक तिवारी छन् ।

यस्तै अन्य खेलाडीमा अरनिको यादव, मयन यादव, विशाल सुश्लीङ, साहिल पटेल, रुपेश सिंह, राजेश यादव, भुलवन सहनी, विशाल पटेल, हिमान्शु दत्त, प्रदीप पासवान, अफ्रुदीन राइन, रञ्जित कुमार, रोहन विश्वकर्मा, राहुल मण्डल, सैलेन्द्र साह, नीरजकुमार यादव, राज पटेल, सफवन अली, पार्थीव यादव र कमल गुप्ता समावेश भएका छन् ।

मधेु प्रदेशबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका अनिल साह र पवन सर्राफले भने जय ट्रफी गुमाउने भएका छन् । दुवैले मधेस प्रधेशलाई प्रधानमन्त्री कपको शीर्ष चारमा पु¥याउन योगदान दिएका थिए ।

तर एनपीएल दौरान अनिलको औँलामा चोट लागेकोले उनी जय ट्रफी खेल्ने टिममा समेत छैनन् । यस्तै पवन भने घुँडाको चोटको उपचारपछि आराममा छन् ।

मधेसको टोलीमा एनपीएल फ्रेन्चाइज लिगमा समावेश भएका अरनिको यादव, मयन यादव, रुपेश सिंह, विशाल सुस्लिङ, रन्जित कुमार र कप्तान हरिशंकर साह छन् ।अरनिको र मयनले एनपीएल च्याम्पियन जनकपुर बोल्ट्सबाट खेलेका थिए । जनकपुरकै टिममा रहेका रुपेशले चोटका कारण कुनै खेल खेल्न पाएनन् । उनको स्थान आएका मयनले केही खेल खेले ।

यस्तै जनकपुर टिममा लोकल आइकोनिक प्लेअरको रुपमा समावेश भएका विशालले पनि कुनै खेल खेलेनन् ।रन्जितले चितवन राइनोजबाट खेलेका थिए भने हरिशंकर साहले पोखरा एभेन्जर्सको टिममा समावेश भएपनि कुनै खेल खेल्न पाएनन् । सुनाम गौतम घाइते भएपछि हरिशंकरलाई पोखराले टिममा राखेको थियो ।

रेड बल र ह्वाइट जर्सीको प्रयोग हुने दुई दिवसीय जय ट्रफी एलिट कप यही पुस २१ देखि माघ ३ गतेसम्म विरगन्जको नारायणी रंगशाला र धनुषाको जनकपुरमा हुनेछ ।

प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेस खेल्ने छन् ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।साभारःअनलाइनखबर

Related posts

एनआइ कप : ज्ञानदा एकेडेमीकाे फेरि हार, वीरगन्ज सेन्ट्रल र हेटौंडा स्कुल विजयी

MadhesKhabar

एसिया कपमा नेपाल भारतसंग पराजित

MadhesKhabar

सधैंका लागि अस्ताए फुटबलका ‘हरि गुरु’

MadhesKhabar

Leave a Comment