Madhes Khabar
खेलकुद

अम्पायरसंग विवाद गरेका कारण कारबाहीमा परे काेहली

काठमाडौं,१०बैशाख:आइतबार खेलिएको कोलकाता नाइट राइडर्स र राेयल च्यालेन्जर्स बेंग्लाेरविरुद्धको खेलमा इन्डियन प्रिमियर लिग (आईपीएल) को आचारसंहिता उल्लंघन गरेको भन्दै बेंग्लाेरका ब्याटर विराट कोहलीमाथि कारबाही गरिएको छ । उनको म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको हो ।

आईपीएलद्वारा विज्ञप्तिमा कोहलीमाथि किन कारबाही गरियो भन्ने स्पष्ट रुपमा नखुलाए पनि खेलमा उनी आउट भएपछि देखाएको प्रतिक्रिया कारण कारबाहीमा परेको हुन सक्ने बताइएको छ ।

बेंग्लाेरले २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा कोहली तेस्रो ओभरमा ७ बलमा १८ रन बनाउँदा आउट भएका थिए । हर्षित रानाको हाई फुलटस बलमा उनी कट एन्ड बोल्ड भएका थिए ।

कोहलीले उक्त बल नो–बल हुनुपर्ने माग गरेका थिए । तर, हक आई बल ट्रयाकिङकले उक्त बल वैद्य भएको देखाएको थियो । उनी यस निर्णयबाट खुसी थिएनन् र उनले अम्पायरसँग आफ्नो असन्तुष्टि पोखेका थिए ।साभार:राताेपाटीबाट

Related posts

नेत्रहीन टी–२० विश्वकप महिला विश्वकप : नेपाललाई हराउँदै भारत बन्यो च्याम्पियन

MadhesKhabar

हैदराबाद आईपीएलकाे प्लेअफमा

MadhesKhabar

भियतनाममा बाराका दुई खेलाडीले जिते रजत पदक

MadhesKhabar

Leave a Comment