Madhes Khabar
खेलकुद

भियतनाममा बाराका दुई खेलाडीले जिते रजत पदक

बारा,२९भदाैं : भियतनामको दा नाङमा सम्पन्न १९औं आसिटिओ तेक्वान्दो च्याम्पियनसिपमा बाराका दुई खेलाडीले रजत पदक जितेका छन् ।

इन्टरनेशनल क्लब तेक्वान्दो अर्गनाइजेसनले आयोजना गरेको च्याम्पियनसिपमा बाराका निश्चल धामी र सुदिप नेपालीले पदक जितेका हुन् ।

धामीले ४८ केजी र नेपालीले ४५ केजी तौल समूहमा पदक जितेका हुन् । फाइनल भिडन्तमा धामी मलेसिया र नेपाली भियतनामका खेलाडीसंग पराजित भएका थिए ।

प्रतियोगितामा सहभागी हुन नेपाल तेक्वान्दो संघसंग सम्बद्ध सिमरा तेक्वान्दो डोजाङ्का दुई खेलाडी भियतनाम गएका थिए । टोलीसंगै भियतनाम गएका नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामाले दुई खेलाडीले पदक जितेसंगै अन्तर्राष्ट्रिय अनुभव बटुल्न सफल भएको बताए ।

नेपाली टोलीमा तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठ, विजय शाह ठकुरी, सिमराका युवा समाजसेवी श्यामबाबु गुप्तालगायत सहभागी थिए ।साभार:ईशिलालेखबाट

Related posts

विश्वकप क्रिकेट : बंगलादेशमाथि दक्षिण अफ्रिकाकाे सानदार जीत

MadhesKhabar

भारतसंग अस्ट्रेलियाकाे लज्जास्पद हार

MadhesKhabar

यू-१९ विश्वकप क्रिकेट: नेपालले पाकिस्तानलाई दियाे १९८ रनको लक्ष्य

MadhesKhabar

Leave a Comment