Madhes Khabar
खेलकुद

यू-१९ विश्वकप क्रिकेट: नेपालले पाकिस्तानलाई दियाे १९८ रनको लक्ष्य

काठमाडौं,१०माघ: आइसिसी यू-१९ विश्वकपको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा बुधबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अलआउट हुदैं १९७ रन बनाएकाे हाे।

नेपालका लागि ओपनिङ ब्याटर विपिन रावलले सर्वाधिक ३९ , दिपक डुम्रेले २६,कप्तान देव खनालले २३,गुल्शन झाले १८ ,दिपेश कँडेलले १३, आकाश चन्दले ११ ,अर्जुन कुमालले ६,उत्तम मगरले ४ रन बनाए।

बलिङमा अफगानिस्तानका अराफत मिनहासले ३ विकेट लिए भने उबेद साह र अहमेद हुसेनले २-२ विकेट लिन सफल भए।

पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।

Related posts

टी-२० च्यालेन्ज वीरगन्ज स्कूल्स कपको फाइनलमा बाल एकता र ग्रीन ल्याण्ड भिड्ने

MadhesKhabar

नेपाल क्यानडासंग पराजित

MadhesKhabar

एनपीएल :काठमाडौंमाथि चितवनको सहज जित

MadhesKhabar

Leave a Comment