Madhes Khabar
खेलकुद

नेपाल क्यानडासंग पराजित

वीरगन्ज,१असाेज:आइसीसी क्रिकेट विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल क्यानडासंग पराजित भएको छ

एकदिवसीय इतिहासमा क्यानडासंग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासंग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।

क्यानडाको किङ्ग सिटीमा भएको खेलमा क्यानडासंग नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएकाे हाे । क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा अल आउट हुनुपुर्व मात्र १ सय ५० रन जोड्न सक्यो ।

नेपालका लागि सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २२ रन बनाए । ओपनर आसिफ शेखले ३० बलमा २० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन बनाए ।गुलशन झाले २७ बलमा १५ रन जोडे ।भीम सार्कीले ३० बलमा १८ रन बनाए ।

क्यानडाका लागि डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए । अन्श पटेल र अखिल कुमारले समान २ तथा साद विन जाफरले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियाे ।

क्यानडाका लागि कप्तान निकोलस किर्तनले ४४ बलमा ३ चौका र ६? छक्काको सहयोगमा नटआउट ७३ रनको अर्धशतकीय ईनिङ खेले । नबनित धालीवालले ९० बलमा ४८ रन जोडे ।डेलिन हेलिगरले २७ बलमा ३० रन जोडे।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ तथा सन्दीप लामिछाने, गुलसन झा, रोहित पौडेलले समान १ विकेट लिए ।

विश्वकप २०२७ को छनोटको रुपमा रहेको लिग २ मा ८ टोलीको सहभागीता रहेको छ । जितसँगै क्यानडा ८ खेलमा ५ जित र ४ हारका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित नेपाल ४ खेलमा १ जित र ४ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । यूएई ३ खेलमा विना अंक पुछारमा छ ।

लिग २ मा सहभागी हरेक राष्ट्रले ३६ वटा एकदिवसीय खेल्नेछन् । अंक तालिकाको शीर्ष चार टोलीले सन् २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ ।

Related posts

वीरगन्ज गोल्डकप फुटबलः झापालाई हराउँदै आर्मी सेमिफाइनलमा

MadhesKhabar

वीरगन्जका क्रिकेटर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड

MadhesKhabar

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

Leave a Comment