
काठमाडौं,२५चैत:राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुलशन झा भारतमा आयाेजित एसएमएस फ्रेन्डसिप कप टी–२० सिरिजको ‘म्यान अफ दी टुर्नामेन्ट’ भएका छन्। यसैगरी कप्तान रोहितकुमार पौडेल यो सिरिजमा सर्वाधिक ३ वटा पुरस्कार जित्न सफल भए।
आइतबार भारत गुजरातस्थित वापी क्रिकेट मैदानमा भएको फाइनल खेल जितेर उपाधि चुम्न सफल नेपाली टोलीका कप्तान रोहितले ‘म्यान अफ दि फाइनल’ भए। साथै उनी यो सिरिजमा सर्वाधिक चौका र छक्का हान्ने खेलाडीका रूपमा पनि पुरस्कृत भए।
गुलशन झा म्यान अफ दि टुर्नामेन्ट भए। यो सिरिजमा उनको ब्याटिङ, बलिङ र फिल्डिङ उत्कृष्ट रहेको भन्दै उनलाई यो पुरस्कार दिइएको हो।
यसैगरी अर्का खेलाडी दिपेन्द्रसिंह ऐरी ‘जेम चेन्जर’ बाट पुरस्कृत भएका छन् भन् अविनाश बोहराले ‘वेस्ट डेलिभरिज्’ अवार्ड पाएका छन्।
एसएमएस फ्रेन्डसिप कप टी–२० सिरिजका अन्तर्गत आइतबार भएको फाइनल खेलमा नेपालले गुजरातलाई १८ रनले हरअउँदै सिरिज नै जितेको छ।
टी–२० विश्वकपको तयारी स्वरूप नेपाल हाल भारत भ्रमणमा थियो। साभार:नागरिकबाट

