Madhes Khabar
खेलकुद

ठोरीको तिजकप फुटबल: निर्मल समाज युवा क्लब र निर्मल समाज क्लब सेमिफाइनलमा

मधेसखबर

वीरगन्ज,१२ भदौं : तिजको अवसरमा  पर्साको  ठोरी गाउँपालिका–१ मा जारी तीज कप नकआउट फूटबल प्रतियोगितामा आइतवार भएका दुई क्वार्टरफाइनल खेलमा जित हात पार्दै निर्मल समाज युवा क्लब, ठोरी–४ र आयोजक निर्मल समाज क्लब ठोरी–१  सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको पहिलो क्वार्टरफाइनल खेलमा निर्मल समाज युवा क्लबले जनकल्याण तमु समाज माडी चितवनलाई दुईका विरुद्ध ६ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । निर्मल समाज युवा क्लबका विकाश चौधरीले चार गोल गरे भने लक्ष्मण चौधरी र विवेक चौधरीले एक/एक गोल गरे। जनकल्याण तमु समाजका  बेलबहादुर गुरुङले एक गोल गरे भने अर्काे गोल निर्मल समाज युवा क्लबबाट आत्मघाती भएको थियो । उक्त खेलको ‘म्यान अफ दी म्याच’ चार गोल गरेका  विकाश चौधरी घोषित भए ।

दोस्रो क्वार्टरफाइनल खेलमा आयोजक निर्मल समाज क्लब,  हरियाली युवा क्लब ठोरी–२ लाई दुई गोलका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्मल समाज क्लबका विशाल तामाङले दुई गोल गरे भने अपिल भट्टराई र सतीश थापामगरले एक/एक गोल गरे । हरियालीका सुजन तामाङले दुई गोल गरे । उक्त खेलको ‘म्यान अफ दी म्याच’ आयोजक टीमका विशाल तामाङ घोषित भएको आयोजक समितिका  अध्यक्ष जगेन्द्र पौडेलले बताए ।

प्रतियोगितामा  सोमवार  पनि क्वार्टरफाइनलका दुई खेल हुनेछन् । पहिलो खेलमा गोल्डेन युमिनेट  माडी चितवन र युनिक युनाइटेडबीच भिडन्त हुनेछ भने दोस्रो खेल वनशक्ति युवा क्लब ठोरी–२ र थ्रीस्टार युवा क्लब ठोरी–१ बीच हुने अध्यक्ष पौडेलले बताए ।

Related posts

गृहनगरमा आरिफ र आसिफलाई वीरगन्ज महानगरको भव्य स्वागत र सम्मान

MadhesKhabar

गुल्शन झा चम्किएको खेलमा नेपालले गुजरातलाई ८ विकेटले हरायो

MadhesKhabar

मलेसियासंग नेपाल पराजित

MadhesKhabar

Leave a Comment