वीरगन्ज,२०असाेज: पर्साको ठाेरी गाँउपालिका वडा नम्बर ४ विजयबस्तीमा शनिबारदेखि सुरु स्व.रामबहादुर श्रेष्ठ स्मृति तेस्रो ठोरी गोल्डकप फुटबल प्रतियाेगितामा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुवात गरेकाे छ ।
शनिबार भएकाे उद्घाटन खेलमा पेनगुईन एजुकेशन भरतपुर चितवनलाई २-० गाेलले पराजित गर्दै सर्लाहीले प्रतियाेगितामा सुखद सुरुवात गरेकाे हाे ।सर्लाहीको जितमा दिपेश र सिर्जन क्षेत्रीले गाेल गरेका हुन् ।
प्रतियाेगितामा आइतबारको खेल मकवानपुर ११ हेटौंडा र अभिषेक चर्च रजहर नवलपरासी बिच हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद तीन लाख र उपविजेता टिमले नगद १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

