
काठमाडौं,२६फागुनः युगान्डामा जारी वुमन्स डे कप टी–२० क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल हङकङसंग २ रनले पराजित भएको हो ।
हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिंगमा उत्रिएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् भने पुजा महतोले १९ र बिन्दु रावलले १४ रन बनाइन् । बलिंगतर्फ हङकङका लागि मारिको हिलले २ तथा सिउ मे वाइ र चान या किनले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले हङकङले २० ओभरमा ७ विकेट गुमाएर १०० रन बनाएको थियो ।उसका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् । मारिको हिलले २१ रन बनाइन् ।बलिंगतर्फ नेपालका लागि ईश्वरी विष्ट र कप्तान इन्दु बर्माले २–२ विकेट तथा रचना चौधरी र पुजा महतोले १–१ विकेट लिए ।
यसअघि शनिबार भएको पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले आइतबार युगाण्डालाई हराएको थियो ।

