Madhes Khabar
खेलकुद

साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध भारतकाे सानदार जित

काठमाडौं ,६असार : भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा भारतले सानदार सुरूवात गरेको छ।

बुधबार भएको समूह ‘ए’ को खेलमा घरेलु टिम भारतले पाकिस्तानमाथि ४-० गोलको जित निकालेको हो।

भारतको जितमा कप्तान सुनील क्षेत्रीले ह्याट्रिक गरे।सुनीलले दशौं मिनेटमा पहिलो गोल गर्दा १६ मिनेटमा पेनाल्टीमार्फत् अग्रता दोब्बर पारे। उनले ७४ मिनेटमा ह्याट्रिक गर्दा पनि पेनाल्टीबाट नै गोल गरेका थिए।भारतका लागि चौथो गोल ८१ मिनेटमा उदान्त सिंह कुमामले गरे।

यो समूहको पहिलो खेलमा बुधबार नै नेपालमाथि कुवेतले ३-१ गोलको जित निकालेको छ

अब भारत र नेपाल तथा कुवेत र पाकिस्तानबीच शनिबार खेल हुनेछ।साभार:सेताेपाटी

Related posts

साविक विजेता पुलिस वीरगन्ज गोल्डकपको सेमिफाइनलमा

MadhesKhabar

भारतमा आयाेजित टी-२० सिरिजकाे ‘म्यान अफ दि टुर्नामेन्ट´ गुलशन झा

MadhesKhabar

भारत–पाकिस्तान तनावले स्थगित आईपीएल चाँडै सुरु हुने, बीसीसीआईले नयाँ मिति घोषणा गर्ने

MadhesKhabar

Leave a Comment