Madhes Khabar
खेलकुद

अपराजित नेपालले आज सामोआसंग खेल्दै

फाइल तस्बिर ।

काठमाडौं,३१असाेज:आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत अन्तिम खेलमा नेपालले आज (शुक्रबार)सामोआसँग खेल्दै छ ।

यस छनोट प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले सामोआलाई हराएमा ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जित्नेछ ।

नेपाल र सामोआबीचको खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न सवा ४ बजेदेखि सुरु हुनेछ । सामोआ भने सुपर सिक्समा जितविहीन रहेको छ ।

छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको टिकट काटिसकेका छन् ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । त्यस्तै सुपर सिक्सको पहिलो खेलमै यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो भने त्यसपछि कतारसँग ५ रनको जित निकालेको थियो ।

ओमानमाथि भने नेपालले ३८ रनको जित निकालेको थियो ।

Related posts

पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपकाे फाइनलमा

MadhesKhabar

कीर्तिमानी खेलमा नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य

MadhesKhabar

आईपीएलमा आज मुम्बई र बेंगलुरु आमने सामने हुदैं

MadhesKhabar

Leave a Comment