काठमाडौं,११बैशाख:काठमाडौंमा जारी पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिप अन्तर्गत मंगलबार भएको खेलमा मधेस प्रदेश विजयी भएको छ ।मधेस प्रदेशले कोशी प्रदेशमाथी २ विकेटको रोमाञ्चक जित हात पारेको हाे।
काेशीले दिएको ९१ रनको झिनाे लक्ष्य मधेसले ८ विकेट गुमाएर पुरा गर्याे ।उसका लागि विशाल पटेलले ३७ रन बनाए भने राेहन विकले अविजित ३१ रन र साहील पटेलले ११ रन जाेडे।
त्यसअघि टस जितेर ब्याटिङ गरेकाे कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाएको थियो। उसका लागि समिर कार्कीले २८, सर्वन यादवले २७ र सुजन थपलियाले १६ रन बनाए।
बलिङतर्फ मधेसका लागि विशाल पटेल, अविशेक तिवारी, रंजित कुमार र प्रदिप पासवानले समान २/२ विकेट लिए। खेलको प्लेयर अफ दि म्याच मधेसका विशाल पटेल चुनिए।
जितसंगै ५ खेलबाट ६ अंक बटुलेको मधेस तालिकाको तेस्रो स्थानमा छ भने आफ्ना ४ खेलमा सबै खेल गुमाएको कोशी तालिकाको पुछारमा रहेको छ।
प्रतियोगिता अन्तर्गत बुधबर हुने पहिलो खेलमा गण्डकी र कर्णाली तथा दोस्रो खेलमा लुम्बिनी र सुदुरपश्चिम भिड्नेछन्।

