Madhes Khabar
खेलकुद

नेपाल टी–२० क्रिकेटमा म्याच फिक्सिङ भएको पुष्टि

काठमाडौं ,१०माघ : नेपाल टी–२० क्रिकेटमा म्याच फिक्सिङ भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल टी–२० क्रिकेटको म्याच फिक्सिङमा १० जना संलग्ना रहेको जनाएको छ।

अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले म्याच फिसिक्सङमा संलग्न १० जनाको नाम भने खुलाएको छैन। काठमाडौं नाइट्स, विराटनगर सुपर किंस्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापककै संलग्नतामा म्याच फिक्सिङ भएको प्रहरी अनुसन्धानले देखाएको छ।

म्याच फिक्सिङमा विदेशी खेलाडीको समेत संलग्नता देखिएको छ। ब्यूरोले फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वक्रिकेटर महबुब आलम र अहिलेका क्रिकेटर आदिम आलमलाई सोमबार पक्राउ गरेको थियो। उनीहरूको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

ब्युरोले आदिललाई राजविराज र महबुबलाई विराटनगरबाट पक्राउ गरहेको थियो। साभारः अन्नपूर्ण पोष्ट

Related posts

नेपाल र यूएईबिचको फाइनल खेल वर्षाले प्रभावित

MadhesKhabar

पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्याे

MadhesKhabar

भरतपुरलाई हराउँदै वीरगन्ज सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment