Madhes Khabar
शिक्षा हेडलाइन

प्रजनन् स्वास्थ्य लगायतका विषयमा बाराका किशोरीहरुलाई दिइयो तालिम


वीरगन्ज,७जेष्ठ :बाराको कलैयामा किशोरीहरुलाई नेतृत्व विकास सम्बन्धि दुई दिने तालिम प्रदान गरीएको छ ।गल्र्र्स अपरचुनिटी एलायन्सको  सहयोगमा सखी महिलाको साथी नामक संस्थाले बाराको होटल बरेवा दरवारको सभाहलमा करीब ३० जना किशोरीहरुलाई उतm तालिम प्रदान गरेको हो ।तालिममा किशोरीहरुलाई आत्मजागरण , नेतृत्व विकास , शारीरीक , मानसिक तथा भावनात्मक परिवर्तन , प्रजनन स्वास्थ्य , महिनावारी , आर्थिक पाटो सुधार ,हिंसा , मानवबेचविखन, सरसफाई , शिक्षाको महत्व, बालविवाह लगायतका विषयमा प्रशिक्षण दिईएको हो ।


संस्थाकी अध्यक्ष मधु कुश्वाहाको अध्यक्षतामा भएको दुई दिने तालिममा सहभागिहरुलाई प्रशिक्षकद्वय सरस्वती खरेल र निभा सिँहले प्रशिक्षण दिएका थिए ।

संस्थाका कार्यक्रम संयोजक विक्की महतोले अन्य उमेरमा भन्दा किशोरावस्थामा अभिभावक , शिक्षक र समाजका अगुवा तथा स्व् किशोर किशोरीहरुले पनि धेरै कुरा , सचेतना तथा विभिन्न विषयवस्तुमा जानकार हुन आवश्यक रहेकोले उतm तालिमको आयोजना गरीएको बताए ।

उनले कतिपय कुराहरु किशोरीहरुले आफ्ना अभिभावक , वा विधालयमा शिक्षकलाई भन्न सोध्न लाज मान्ने गरेको अवस्थामा यस्ता तालिमले उनीहरुलाई आफ्ना मनका कुरा राख्न र जिज्ञासा मेटाउन तथा सहज बनाउन मदत गर्ने हुँदा तालिम मार्फत उनीहरुको आत्मवल समेत बढेको बताए ।

त्यस्तै संस्थाकी कार्यकारी निर्देशक प्रियंका कुश्वाहाले अन्य प्रदेशको भन्दा मधेश प्रदेशमा महिलाहरुलाई हेर्ने दृष्टिकोण र व्यवहार अझ सुधार हुन जरुरी रहेको बताउँदै किशोरावस्थामा अझ बढी सचेत भएर बस्नुपर्ने हुँदा किशोरीहरुलाई बेला बेलामा संस्था मार्फत यस्तो तालिमको आयोजना गर्ने गरीएको बताईन् ।


कुश्वाहाले संस्थाले आफ्नो स्थापनाकालदेखी नै खासगरी महिला तथा किशोरीहरुको हरेक तवरबाट विकास गर्ने तथा सचेत बनाउनुका साथै आर्थिक पाटोलाई पनि सबल बनाउने उद्देश्यका साथ कार्य गर्दै आएको बताईन् ।

Related posts

शुरु भयाे बडादसैं , गहवामाइमा भक्तजनकाे घुइचाे

MadhesKhabar

पर्साका काँग्रेस सभापति क्षेत्रीकाे नाम प्रदेश सांसदमा सर्वसम्मतले सिफारिस

MadhesKhabar

पर्सा : चोरलाई चिनेपछि पोल खुल्ने डरले महिलाको हत्या ,जेठाजुसहित ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment