Madhes Khabar
स्थानिय

‘बैभव वीरगन्ज’को धार्मिक,औद्योगिक र पर्यटन विशेषांक पुस्तकको मेयर सिंहले गरे बिमोचन

वीरगन्ज,२४मंसिरःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ‘बैभव वीरगन्ज’को धार्मिक औद्योगिक पर्यटन विशेषांक मुकाम नामक पुस्तकको बिमोचन गरेका छन् ।

मेयरकै कार्यकक्षमा सोमबार आयोजीत कार्यक्रममा पुस्तकको बिमोचन गर्दै मेयर सिंहले बैभव वीरगन्जको परिकल्पनालाई सार्थक पार्न आर्थिक, धार्मिक, औद्योगिक र पर्यटन करिडोरलाई समेटेर पुस्तक प्रकाशित भएकोमा खुसी व्यक्त गरे ।

उनले पर्यटकीय सम्भावनाका हिसावले वीरगन्जलाई केन्द्रमा राखेर यस करिडोर अन्तर्गत पर्ने सिम्रौनगढ देखि ठोरी माडी सम्मका गन्तब्य लगायत चुरियामाई सुरुङ्गदेखि यस क्षेत्रका धार्मिक मठमन्दिरलाई समेटेर विशेषांक प्रकाशित गरेकोमा मुकाम मिडिया नेटवर्कलाई धन्यबाद व्यक्त गरे ।

मेयर सिंहले मुकाम भित्र समेटिएका ठोरी माडी देखि सिम्रौनगढ सम्मका साँस्कृतिक ऐतिहासिक गन्तब्य लगायत पर्सा राष्ट्रिय निकुन्ज र चुरियामाई क्षेत्रसम्मको पर्यापर्यटनको सर्किटको रुपमा बैभव वीरगन्जको धार्मिक पर्यटकीय सर्किट बनाउन सके यसक्षेत्रमा पर्यटनको विकास गर्न सकिनेमा जोड दिए ।

उनले बैभव वीरगन्ज अन्तर्गत वीरगन्जका धार्मिक स्थलहरुको सौन्दर्यकरण, नगरक्षेत्रको बृहत्तर सरसफाई, प्रवेशद्धारको सौन्दर्यकरण लगायतका कामहरु महानगरपालिकाले गरिरहेको र अझै नगरबासीका चाहना अनुरुप गर्नुपर्ने काम धेरै भएपनि बजेटको अभावको कारण गर्न नसकेकोमा दुःख ब्यक्त गरे । उनले वीरगन्जलाई आर्थिक राजधानीमात्र नभई धार्मिक र पर्यटकिय हिसावले पनि भिजिटिङ हब ‘केन्द्र’ बनाउने अभियानमा महानगर जुटेको बताए ।

बिमोचन कार्यक्रममा मुकाम मिडियाका प्रकाशक गिता भुषालले मेयर सिंहले वीरगन्जलाई पर्यटनका माध्यमबाट बैभव र समृद्ध बनाउने उदेश्यलाई विशेषांक मार्फत आफूहरुले उतार्ने प्रयास गरेको बताइन् ।

विशेषांक बिमोचन कार्यक्रममा मेयरका स्वकीय सचिव सत्यराज घिमिरे, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, आमसञ्चार माध्यम प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुब अधिकारी लगायतकोपनि सहभागिता रहेको थियो ।

Related posts

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रतिबद्ध छु : प्रदेश सभा सदस्य चौधरी

MadhesKhabar

सिधपुर–अकवनियामा रुपेश पाण्डेयको घरदैलो तीव्र, स्थानीयको उल्लेख्य सहभागिता

MadhesKhabar

वीरगन्जको ट्रान्सपोर्टमा छापा मार्न गएको सशस्त्र प्रहरीलाई व्यपारीहरुले कुटेर लखेटे

MadhesKhabar

Leave a Comment