Madhes Khabar
स्थानिय

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रतिबद्ध छु : प्रदेश सभा सदस्य चौधरी

वीरगन्ज ,१५ बैशाख : पर्सा क्षेत्र नम्बर ४ (ख) का प्रदेश सभासदस्य शंकर प्रसाद चौधरीले आफ्नो क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ सेढवमा जनस्वास्थ्य प्रयोगशालाको उद्घघाटन प्रदेश सभा सदस्य चौधरीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको र त्यसका लागि आफुले सक्दो सहयोग गर्ने बताएका हुन् ।

जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले स्वास्थ्य प्रयोगशाला सन्चालनमा आएपछि नागरिकको उपचारमा पहुँच स्थापित गर्न सहज हुने बताए । गाउँपालिकाको बासिन्दाले अब वीरगन्ज र चितवन सरहकाे उपचार सेवा गाउँमै लिन सक्ने उनले बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष रामशरण खवास, महादेव महतो थारु, सुरज राय, राजेश्वर महतो, दारा सिंह, नेपाली काङ्ग्रेस जिराभवानी सभापति मनमोहन चौधरी, समाजसेवी ब्रह्मानन्द चौधरी, स्वास्थ शाखा प्रमुख अजय दास लगायतकाे पनि सहभागिता थियो ।

Related posts

वीरगन्जमा लागु औषधसहित तीन बालक पक्राउ

MadhesKhabar

वीरगन्ज महानगरको कार्यपालिका सदस्यमा जसपा र काँग्रेसको गठबन्धन विजयी

MadhesKhabar

वीरगन्जमा नेपाली र भारतीय सुरक्षा अधिकारीहरुको बैठक : सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता

MadhesKhabar

Leave a Comment