Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा लागु औषधसहित तीन बालक पक्राउ

वीरगन्ज,३१ भदौं : वीरगन्जमा लागु औषधसहित तीन जना बालक पक्राउ परेका छन् । प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १५ ब्रम्हचोकबाट लागु औषध नाइट्राभेट ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक, भक्तपुर र बाराका तीन जना बालक रहेको प्रहरीले जनाएको छ । उनिहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

नाइट्राभेट ट्याब्लेट ३३७ पिससहित भक्तपुरको चाँगुनारायण नगरपालिका ७ का १६ वर्षिय , सिन्धुलीको सुनकोशी गाँउपालिका २ का १७ वर्षिय र बाराको प्रसौनी गाँउपालिका ३ का १७ वर्षिय बालकलाई लागु पदार्थसहित पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।

ब्रम्हचोकमा चुरो सेवन गरेर बसिरहेको अवस्थामा उनिहरुलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट ३३७ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरिएको थापाले बताए ।

पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर उनिहरु विरुद्ध लागु औषध सम्बन्धि कसूर मुद्दामा आइतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

 

 

Related posts

समयमा बजेट नल्याएका पर्साका चार पालिकाले पाउने अनुदान रकममा कटौती हुने

MadhesKhabar

वीरगन्जको मेनरोड मर्मतका लागि सडक विभागसंग अनुमति माग

MadhesKhabar

छठका लागि सङ्लिँदै सिर्सिया नदीको पानी

MadhesKhabar

Leave a Comment