वीरगन्ज,३१ भदौं : वीरगन्जमा लागु औषधसहित तीन जना बालक पक्राउ परेका छन् । प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १५ ब्रम्हचोकबाट लागु औषध नाइट्राभेट ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक, भक्तपुर र बाराका तीन जना बालक रहेको प्रहरीले जनाएको छ । उनिहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
नाइट्राभेट ट्याब्लेट ३३७ पिससहित भक्तपुरको चाँगुनारायण नगरपालिका ७ का १६ वर्षिय , सिन्धुलीको सुनकोशी गाँउपालिका २ का १७ वर्षिय र बाराको प्रसौनी गाँउपालिका ३ का १७ वर्षिय बालकलाई लागु पदार्थसहित पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।
ब्रम्हचोकमा चुरो सेवन गरेर बसिरहेको अवस्थामा उनिहरुलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट ३३७ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरिएको थापाले बताए ।
पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर उनिहरु विरुद्ध लागु औषध सम्बन्धि कसूर मुद्दामा आइतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।