Madhes Khabar
राष्ट्रिय हेडलाइन

यती एयरकाे विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

काठमाडौं,०२माघ: पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज साेमबार पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ ।

सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको छ ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन-एन एएनसी एटीआर ७२-५०० विमान अवतरणअघि दुर्घटना भएको थियो ।

विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।

दुर्घटना स्थलमा केही शव जस्तो देखिए पनि भौगोलिक कठिनाइका कारण निकाल्न नसकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी अनिल शाहले बताए ।

आइतबार मृत्यु भई सनाखतसमेत भएका शवलाई भने आज प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाउन लागिएको उनले बताए ।साभार:अनलाइनखबर

Related posts

वीरगन्ज महानगरकाे सफाइमा डिजिटल क्रान्ति,गृहिणी महिलाहरु पनि जागरुक बन्दै

MadhesKhabar

पर्साकाे ग्रामीण भेगमा पेट्रोलमा कालाेबजारी,भाेट कट्ने डरले जनप्रतिनिधिले गर्दैनन् अनुगमन

MadhesKhabar

‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने

MadhesKhabar

Leave a Comment