Madhes Khabar
राष्ट्रिय हेडलाइन

यती एयरकाे विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

काठमाडौं,०२माघ: पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज साेमबार पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ ।

सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको छ ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन-एन एएनसी एटीआर ७२-५०० विमान अवतरणअघि दुर्घटना भएको थियो ।

विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।

दुर्घटना स्थलमा केही शव जस्तो देखिए पनि भौगोलिक कठिनाइका कारण निकाल्न नसकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी अनिल शाहले बताए ।

आइतबार मृत्यु भई सनाखतसमेत भएका शवलाई भने आज प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाउन लागिएको उनले बताए ।साभार:अनलाइनखबर

Related posts

उपेन्द्र यादवसहित जसपाका दुई मन्त्रीले लिए शपथ,उपप्रधानमन्त्रीको वरियतामा यादव अन्तिममा

MadhesKhabar

बन्द सरकारी उद्योगहरु चलाउन सरकार लागेकाे छ : उद्योगमन्त्री रिजाल

MadhesKhabar

धाेनीकाे चेन्नाईले आइपिएल जितेकाे खुशीमा वीरगन्जका युवाद्वारा आश्रममा खाद्यान्न सहयाेग

MadhesKhabar

Leave a Comment