Madhes Khabar
राजनीति स्थानिय

सिधपुर–अकवनियामा रुपेश पाण्डेयको घरदैलो तीव्र, स्थानीयको उल्लेख्य सहभागिता

वीरगंज १,फागुन:पर्साको सखुवापर्सौनी गाउँपालिका वडा नम्बर–१ सिधपुर अकवनियामा पर्सा क्षेत्र नम्बर–३ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश कुमार पाण्डेयले आज घरदैलो तथा बृहत् जनतासंग भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोको क्रममा उम्मेदवार पाण्डेयले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आगामी दिनमा विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको समग्र सुधारका लागि एमालेको जित आवश्यक रहेको बताएका छन्।

उनले जनतासँगको भेटमा भने,“स्थानीय तहदेखि केन्द्रसम्म विकासको गति बढाउन नेकपा एमालेको नेतृत्व अपरिहार्य छ, त्यसैले आगामी निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न आग्रह गर्दछु।”

कार्यक्रममा पुर्व मन्त्री एवम् नेकपा एमालेका नेता प्रमोद जैसवाल लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीय बासिन्दाहरूले उम्मेदवार पाण्डेयलाई स्वागत गर्दै आफ्नो क्षेत्रको विकासका लागि सकारात्मक अपेक्षा व्यक्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार पाण्डेयले आगामी दिनहरूमा पनि घरदैलो अभियानलाई थप तीव्र बनाउँदै जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता जनाएका छन्।

Related posts

धोबिनीमा काँग्रेस उम्मेदवार रिजाललाई भव्य स्वागत

MadhesKhabar

प्रदीप यादव भन्छन् : भाषण होइन काम गर्नु पर्छ जनताले अवश्य जिताउछन्

MadhesKhabar

अविरल वर्षाले क्षतिग्रस्त सडक मर्मत गर्दै वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment