Madhes Khabar
स्थानिय

पर्साको विन्दबासिनी गाउँपालिकामा न्याधिश पौडेलद्वारा अनुगमन

वीरगन्ज,२५चैत : पर्सा जिल्ला अदालतका न्यायाधीश कृष्ण प्रसाद पौडेलले शनिबार विन्दबासिनी गाउँपालिकाको न्यायिक समितिले गरेका कामकारबाही बारे अनुगमन गरेको छ ।

जिल्ला न्यायाधीश पौडेल , रजिष्टार अरुण कुमार कोइराला ,शाखा अधिकृत जमुना धिताल सहितको टोलीले शनिबार गाउँपालिकाको कार्यालयमै पुगेर न्यायिक समितिका कामकारबाही बारे अनुगमन गरेको हो ।

त्यसक्रममा गाउँपालिका उपाध्यक्ष ज्योती चौरसिया संयोजकत्वमा रहेको न्यायिक समितिले सम्पादन गर्ने मुद्दाहरु शुरुदेखि फैसलासम्मका प्रक्रिया मिले नमिलेको बारे आर्थिक वर्षको अन्त्यमा अनुगमन गर्ने गरिएको जानकारी न्याधिश पौडेललाई गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले गराएका थिए ।

अनुगमनकै क्रममा गाउँपालिका अध्यक्ष तिवारीले न्यायाधीशसहितको टोलीलाई गाउँपालिका अन्तर्गत पर्ने ढंगहि नदी भु–माफियाले अतिक्रमण गरि नदीको मुहान परिवर्तन गरेको स्थानबारे पनि स्थलगत अनुगमन गराएका थिए ।

अनुगमनपछि न्याधिश पौडेलले विन्दबासिनी गाउँपालिकाको न्याय सम्पादन प्रक्रिया सन्तोषजनक रहेको प्रतिक्रिया दिएको थियो । विन्दबासिनी गाउँपालिकाका वडा वडामा रहेको मेलमिलाप केन्द्र र पालिकामा रहेको न्यायिक समितिले आफ्नो कार्यसम्पादन गर्दै आएको छ । बिन्दबासिनीमा चालू आर्थिक वर्षमा न्यायिक समिति र मेलमिलाप केन्द्रमा आएका मुद्दाको ८० प्रतिशत बढी फैसला भइसकेको गाउँपालिकाले जनाएको छ ।

साथै पालिकाका अध्यक्ष तिवारीले आफ्नो सम्पूर्ण कामकाज समय समयमा गर्दै आएको हुनाले पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहलाई धन्यवाद समेत दिएको थियो ।

 

Related posts

वीरगन्जको फेमस ‘बब्लु टी स्टल’ : जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु !

MadhesKhabar

पानीको समस्या समाधान गर्ने निरन्तर प्रयासमा वीरगन्ज महानगर

MadhesKhabar

पर्सा २ : काँग्रेसका चौरसिया जसपाका कुर्मी भन्दा ६१२ मतले अगाडि

MadhesKhabar

Leave a Comment