वीरगन्ज,२३जेष्ठःपर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीमा वडा कार्यालय भवन र वडा नम्बर १ कै तीनडोेबियामा विद्यालय भवनको शिलान्यास गरिएको छ । गाँउपालिका अध्यक्ष बशीष्ठ कुमार गुप्ताले बुधबार दुवै भवनको शिलान्यास गरेका हुन् ।
मुडलीमा ९० लाख रुपैयाँको लागतमा वडा कार्यालयको भवन र तीनडोबियामा ५० लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गर्न लागिएको हो ।
गाउँपालिका अध्यक्ष गुप्ताको पहलमा जिल्ला समन्वय समिति पर्साबाट प्राप्त ६० प्रतिशत र गाँउपालिकाको ४० प्रतिशत बजेटबाट वडा कार्यालय भवन र विद्यालय भवन निर्माण गर्न लागिएको डाअध्यक्ष लालबाबु चौरसियाले बताए । उनका अनुसार वडा कार्यालयका लागि दुई तल्ले भवन र विद्यालयका लागि दुई तल्ले भवन निर्माण गर्न लागिएको हो। दुवै भवनको निर्माण ककार्य उपभोक्ता समितिबाट निर्माण भईरहेको उनले बताए ।
वडाअध्यक्ष लालबाबु चौरसियाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडासदस्यहरु सुरेन्द्र साह तेली,शीव शंकर चौरसिया, मोतिलालप्रसाद पटेल,शंकर यादव,भोज साह तेली,रामराज प्रसाद यादव, विमल महतो कोईरी,विद्यालयका प्रधानाध्यापक रामप्रबेश पटेल लगायतकोपनि उपस्थिती थियोे ।

