Madhes Khabar
स्थानिय

पर्साकाे बिजवनियाबाट तस्करीकाे २० वटा पशु चाैपाया प्रहरी नियन्त्रणमा

वीरगन्ज,९पुष: पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ बिजवनियाबाट सशस्त्र प्रहरीले भारतबाट तस्करी गरी ल्याइएकाे आशंकामा २० वटा पशु चौपाया नियन्त्रणमा लिएको छ।

सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अबैध रुपमा नेपालमा ल्याउदै गरेको अवस्थामा २० वटा पशु चौपाया नियन्त्रणमा लिएको हाे।

सशस्त्र प्रहरीले भैंसी सात वटा, राँगा चार वटा, पाडा आठ वटा र पाडी एउटा गरी २० वटा पशु चौपाया नियन्त्रणमा लिएको हाे। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ती पशु चाैपायाकाे मुल्य तीन लाख ८५ हजार रुपैयाँ मुल्यांकन गरी आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए ।

Related posts

काँग्रेस पर्साका पूर्व उपसभापति जयसवालको निधन

MadhesKhabar

वीरगन्जको घडिअर्वामा आगलागीबाट एक घर जलेर नष्ट

MadhesKhabar

परवानीपुर गाँउपालिका : इन्धनमा मात्रै मासिक लाखाैलाख खर्च

MadhesKhabar

Leave a Comment