Madhes Khabar
स्थानिय

हतकडीसहित भगाइएका लामा निजगढबाट पक्राउ

बारा,१८साउन: हतकडीसहित फरार भएका बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका १६ टांगियाबस्तीका सागर लामालाई प्रहरीले बिहिबार साँझ निजगढबाट पक्राउ गरेको छ ।

गत मंगलबार टांगियाबस्तीस्थित घरबाट बन्दुक र जंगली जनावरकाे दाँतसहित पक्राउ परेको केही समयमै फरार भएका ३५ वर्षीय लामालाई प्रहरीले बिहीबार साँझ निजगढबाट पक्राउ गरेको हो ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार, आत्मसमर्पण गर्नका लागि निजगढ पुगेका लामालाई प्रहरीले निजगढबाट पक्राउ गरेको हो ।

प्रहरीले हतकडीसहित फरार रहेका लामालाई गोली हानेर नियन्त्रणमा लिन आदेश दिएपछि परिवारका सदस्य लामाको आत्मसमर्पणका लागि राजी भएको र त्यही अनुसार उनि निजगढ पुगेको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

लामालाई नियन्त्रणमा लिँदा हतकडी काटेको अवस्थामा रहेको बोगटीले जानकारी दिए । हतकडीसहित फरार भएका लामालाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय बाराले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको थियो ।

वन्यजन्तु चोरीशिकारीमा संलग्न रहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय निजगढको टोलीले गत मंगलबार लामालाई टांगियाबस्तीस्थित उनकै घरबाट दुई राउण्ड गोली लोड भएको भरुवा बन्दुक र बाघको दाँत, रौं, नंग्रा जस्तो देखिने वस्तुसहित नियन्त्रणमा लिएको थियो । लामालाई नियन्त्रणमा लिने लिएर फर्कने क्रममा स्थानीयले प्रहरीमाथी आक्रमण गरेपछि उनि हतकडीसहित फरार भएका थिए ।

प्रहरीको बाटो छेकेर स्थानीयले ढुंगा प्रहार गर्न थालेपछि लामा उम्किन सफल भएका थिए ।त्यसक्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो भने प्रहरीले स्थिती नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर समेत गरेको थियो ।

स्थानीयसंग झडप हुँदा ईलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बलराम गिरी सामान्य घाईते भएका थिए ।

Related posts

वीरगन्जमा गैरसरकारी संस्थाहरूको सहयोगमा ‘डिजिटल भौचर’ बाट निःशुल्क पानी वितरण

MadhesKhabar

खेलकुद मन्त्रालयको प्रदेश पत्रकारिता पुरस्कार पत्रकार तिवारी यादवलाई

MadhesKhabar

हात्तीको दारा खरिदबिक्री गर्ने गिराेहका तीन जना ठाेरीबाट पक्राउ 

MadhesKhabar

Leave a Comment