Madhes Khabar
स्थानिय

२० वर्षपछि वीरगन्जका ठूला नाला सफाई हुँदै

वीरगन्ज, १७ जेष्ठ : एकैछिनको वर्षाले जलमग्न हुने जिल्ला प्रशासन कार्यालय पर्सा (सिडिओ अफिस) नजिकको नाला दुई दशकपछि सफा गरिएको छ । सिडिओ अफिस अगाडीको नाला वीरगन्ज महानगरपालिकाको स्काभेटर र सरसफाई कर्मचारीले दुई दशकपछि सफा गरेका हुन् ।

नाला सफा गर्नका लागि सिडिओ अफिस बाहिरको पर्खालसमेत भत्काउनु परेको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले बताए । उनले भने, ‘२० वर्र्षपछि यो नाला सरसफाई गरेका हौँ । महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा महानगरमा हुने डुबानको जोखिमलाई कम गर्नका लागि ठाउँठाउँमा वर्षाैँदेखि सफा नगरिएका नाला सरसफाई गर्ने क्रम जारी नै छ ।’नाला सफा गरिएसँगै डुबानको जोखिम कम भएको र भएपनि विगतको जस्तो नहुने मियाँको विश्वास छ ।

आफ्नै कार्यकालमा महानगरका हरेक नालालाई सफा गरेर व्यवस्थित गर्ने मेयर राजेशमान सिंहको प्रतिबद्धता छ । महानगरले अघि सारेको सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियानमा हातेमालो गर्दै नालामा फोहोर नफालेर ढल मात्रै बग्न दिन उनले महानगरबासीसँग आग्रह गरेका छन् ।

महानगरबासी जिम्मेवार भएर फोहोर सबै डस्टबिन र फोहोर उठाउने गाडीमा फाल्ने हो भने नालामा ढलको पानी मात्रै बग्ने र जसले गर्दा डुबान नहुने सिंहको बुझाई छ ।

Related posts

पर्सा राष्ट्रिय निकुञ्जभित्र हतियारसहित प्रवेश गर्ने ६ जना पुर्पक्षका लागि थुनामा

MadhesKhabar

धोबिनी गाँउपालिकाले ल्यायो ३९ करोड बढीको बजेट : कृषि,शिक्षा,स्वास्थ्य मुख्य प्राथमिकतामा

MadhesKhabar

महानगगरको सामाजिक विकास समितिको संयोजकमा ठाकुर मनोनित

MadhesKhabar

Leave a Comment