Madhes Khabar
स्थानिय हेडलाइन

धोबिनी गाँउपालिकाले ल्यायो ३९ करोड बढीको बजेट : कृषि,शिक्षा,स्वास्थ्य मुख्य प्राथमिकतामा

वीरगन्ज,४असोजःपर्साको धोबिनी गाँउपालिकाको १० औं गाँउसभा शुक्रबार सम्पन्न भएको छ ।गत असारमै हुन हुनुपर्ने गाँउसभा शुक्रबार सम्पन्न भएको हो ।शुक्रबार गाँउपालिका कार्यालय परिसरमा सम्पन्न गाँउसभामार्फत धोबिनी गाँउपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३९ करोड भन्दा बढीको अनुमानित बजेट ल्याएको छ ।

गाँउसभामा गाँउपालिका उपाध्यक्ष मन्जु देवीले चालु आर्थिक वर्षका लागि वार्षिक नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गरिन् । उनले ३९ करोड १ लाख १८ हजार रुपैयाँको बजेट प्रस्तुत् गरेकी हुन् । धोबिनी गाँउपालिकाले चालु आर्थिक वर्षका लागि ल्याएको नीति,कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा, स्वास्थ्य , भौतिक पूर्वाधार, पर्यटन लगायतका विषयलाई मुख्य प्राथमिकता दिइएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले बताए ।

गाँउसभामा बोल्दै गाँउपालिका अध्यक्ष मदन चौहानले असारमै हुनुपर्ने गाँउसभा विविध कारणवस हुन नसक्दा विकास निर्माण , सेवा प्रवाह लगायतमा निक्कै समस्या भएको बताए। तर आँफुहरुको अथक प्रयासपछि अहिले आएर सबैको सहयोगमा आयोजना गर्न सफल भएको भन्दै उनले अब भने गाँउसभा सम्पन्न भएसंगै ती समस्याहरुको निराकरण हुने बताए । विगतका कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा पालिकाको शिक्षा, स्वास्थ्य , कृषि,पर्यटन, विकास निर्माणका काम विगतका भन्दापनि अझ राम्रो हुने गरि अगाडि बढ्ने उनले बताए ।

धोबिनी गाँउपालिकाकाका अध्यक्ष चौहानको अध्यक्षतामा भएको गाँउसभामा उपाध्यक्ष मन्जु देवी, पाँच वटै वडाका वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य,नेपाली कांग्रेसका नेता श्याम पटेल, सुरक्षा निकायका प्रतिनिधी,सञ्चारकर्मी लगायतकोपनि सहभागीता थियो ।

 

Related posts

मधेसकाे मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

MadhesKhabar

पर्सा १ लोसपालाइ , लक्ष्मणलाल कर्ण गठबन्धनको साझा उम्मेदवार

MadhesKhabar

बाराको नारायणी स्पाक उद्योगमा फलामले लागेर एक मजदुरको मृत्यु

MadhesKhabar

Leave a Comment