
वीरगन्ज,२२साउनःबाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नारायणी स्पाक उद्योगमा एक मजदुरको मृत्यु भएको छ ।
उद्योगभित्र काम काम गर्ने क्रममा फलामले लागेर क्रेन अपरेटरको मृत्यु भएको हो। मृत्यु हुनेमा भारतको उत्तर प्रदेश राज्यको ननौरा बलिया घर भएका ५३ वर्षीय रामभवन यादव रहेका छन्।
फलामको झट्का टाउकोमा लाग्दा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।