Madhes Khabar
स्थानिय

बाराको नारायणी स्पाक उद्योगमा फलामले लागेर एक मजदुरको मृत्यु

सांकेतिक फोटो ।

वीरगन्ज,२२साउनःबाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नारायणी स्पाक उद्योगमा एक मजदुरको मृत्यु भएको छ ।

उद्योगभित्र काम काम गर्ने क्रममा फलामले लागेर क्रेन अपरेटरको मृत्यु भएको हो। मृत्यु हुनेमा भारतको उत्तर प्रदेश राज्यको ननौरा बलिया घर भएका ५३ वर्षीय रामभवन यादव रहेका छन्।

फलामको झट्का टाउकोमा लाग्दा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related posts

वीरगन्ज महानगरको बजेट बढ्यो : पर्यटन,शिक्षा र स्वास्थ्य मूख्य प्राथमिकतामा

MadhesKhabar

वीरगन्जमा एकैदिन ४ वटा माेटरसाइकल चाेर्ने युवक पक्राउ

MadhesKhabar

पर्सालाई `सुख्खाग्रस्त क्षेत्र´ घाेषणा गर्न सांसदसहितका जनप्रतिनिधिहरुले सरकारलाई गरे सिफारिस

MadhesKhabar

Leave a Comment