Madhes Khabar
स्थानिय

नौका टोलामा नवनिर्मित ढलान सडकको सांसद यादवले गरे उद्घाटन

वीरगन्ज,५फाल्गुन: वीरगन्ज महानगरपालिकाकाे वडा नम्बर ३१ को नौका टोलामा नवनिर्मित ढलान सडककाे उद्घाटन गरिएको  छ ।

नवनिर्मित सडककाे शनिबार पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले उद्घाटन गरेका हुन्।

सांसद यादवको संसदीय विकाश कोषको ५० लाख रुपैयाँको लागतमा पाँच सय मिटर ढलान सडक निर्माण सम्पन्न भएको हाे ।

सडक निर्माण भएसँगै वर्षौंदेखि हिलो तथा धुलोको समस्याबाट सास्ति भोग्दै आएका स्थानीयले राहत पाएका छन् ।

स्थानीयले समस्या झेल्दै आएको गुनासाे आएपछि पूर्वमन्त्री समेत रहेका यादवले आफ्नो संसदीय कोषबाट सडक ढलान निर्माण कार्य सुरु गाराएका थिए ।

वीरगन्ज महानगर भएसंगै ग्रामिण भेगलाई मुख्य बाजारसम्म सडक संजाल मार्फत जोडने आफ्नो अभियान निरन्तर रहेको भन्दै उनले अन्य क्षेत्रका सडक निर्माणलाई समेत आफूले प्राथमिकतामा राखेको पनि बताए ।

Related posts

ठोरीकाे सुन्दरटोलमा सुकुम्बासीका लागि जग्गाकाे नापजाँच तिव्र

MadhesKhabar

वीरगन्जको लर्डस दियालाेकाे स्वीमिङ्गपुलमा डुबेर एक बालकको मृत्यु

MadhesKhabar

बाराकाे महागढीमाई नगरपालिकाले ल्यायाे ६६ कराेड ७४ लाखकाे बजेट

MadhesKhabar

Leave a Comment