Madhes Khabar
स्थानिय

नौका टोलामा नवनिर्मित ढलान सडकको सांसद यादवले गरे उद्घाटन

वीरगन्ज,५फाल्गुन: वीरगन्ज महानगरपालिकाकाे वडा नम्बर ३१ को नौका टोलामा नवनिर्मित ढलान सडककाे उद्घाटन गरिएको  छ ।

नवनिर्मित सडककाे शनिबार पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले उद्घाटन गरेका हुन्।

सांसद यादवको संसदीय विकाश कोषको ५० लाख रुपैयाँको लागतमा पाँच सय मिटर ढलान सडक निर्माण सम्पन्न भएको हाे ।

सडक निर्माण भएसँगै वर्षौंदेखि हिलो तथा धुलोको समस्याबाट सास्ति भोग्दै आएका स्थानीयले राहत पाएका छन् ।

स्थानीयले समस्या झेल्दै आएको गुनासाे आएपछि पूर्वमन्त्री समेत रहेका यादवले आफ्नो संसदीय कोषबाट सडक ढलान निर्माण कार्य सुरु गाराएका थिए ।

वीरगन्ज महानगर भएसंगै ग्रामिण भेगलाई मुख्य बाजारसम्म सडक संजाल मार्फत जोडने आफ्नो अभियान निरन्तर रहेको भन्दै उनले अन्य क्षेत्रका सडक निर्माणलाई समेत आफूले प्राथमिकतामा राखेको पनि बताए ।

Related posts

पर्साको ठोरीमा नमूना मतदान, सिडिओले पनि हाले भोट

MadhesKhabar

पानी माग्दै वीरगन्जका मुस्लिमले अल्लाहलाई गुहारे, इदगाहमा सामुहिक रुपमा गएर पढे नमाज

MadhesKhabar

वीरगन्जमा जथाभावी फोहर फाल्ने ३८९ जनालाई कारबाही गरि ९ लाख जरिवाना असुल

MadhesKhabar

Leave a Comment