Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ फेरि ३ लाख नाघ्यो

वीरगन्ज, २९ वैशाख : नेपालीबजारमा सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघेको छ । अघिल्लो दिनको तुलनामा आज (मंगलबार) सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा सुन कारोबार भएको थियो । गत मंगलबार भने सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि आज भारी दरले बढेको छ । एकैदिन प्रतितोला ३५५ रुपैयाँ (६.६ प्रतिशत)ले चाँदी बढेको हो । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ६९५ रुपैयाँ तोकेको छ ।अघिल्लो दिन ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Related posts

होलीमा हरियो तरकारीको भाउ अचाक्ली बृद्धि

MadhesKhabar

राजतन्त्रमा खुलेको वीरगन्ज चिनी कारखाना बहुदलमा बन्द

MadhesKhabar

दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात

MadhesKhabar

Leave a Comment