Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं ,१९चैत: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपालको बजारमापनि परेको छ। हिजो सोमबार प्रतितोला १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार तोलामा १ हजार ८०० रुपैयाँले बढेर १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यो हालसम्म कै उच्च मूल्य हो ।

गत शुक्रबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सयमा कारोबार भएको सुन आइतबार १ लाख ७६ हजार ८ सय पुगेको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । आज मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३५ रुपैयाँ कायम भएको छ।

Related posts

सुनकाे मूल्य आज ताेलामा २ हजार रुपैयाँले घट्याे

MadhesKhabar

फेरि तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

MadhesKhabar

असोज महिनाका लागि पनि बैंकहरुले घटाए ब्याजदर

MadhesKhabar

Leave a Comment