Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं ,१९चैत: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपालको बजारमापनि परेको छ। हिजो सोमबार प्रतितोला १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार तोलामा १ हजार ८०० रुपैयाँले बढेर १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यो हालसम्म कै उच्च मूल्य हो ।

गत शुक्रबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सयमा कारोबार भएको सुन आइतबार १ लाख ७६ हजार ८ सय पुगेको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । आज मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३५ रुपैयाँ कायम भएको छ।

Related posts

दशैँ, तिहारमा हुने कालोबजारी रोक्न बजार अनुगमन हुन्छ : मन्त्री रिजाल

MadhesKhabar

सिमरा सेजमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्छ: मन्त्री रिजाल

MadhesKhabar

वीरगन्ज महानगरले कडाई गरेपछि ५० प्रतिशतले बढ्यो व्यवसाय दर्ता

MadhesKhabar

Leave a Comment