Madhes Khabar
अर्थतन्‍त्र

दशैँ, तिहारमा हुने कालोबजारी रोक्न बजार अनुगमन हुन्छ : मन्त्री रिजाल

काठमाडौं,९असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका छन् ।

काठमाडौंमा मंगलबार नेपाल एलपी ग्यास उद्योग सघंको २८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले सरकारको तर्फबाट यस अवस्थामा ग्यास आपूर्तिको शृङ्खलालाई टुट्न नदिने र निरन्तर बजार अनुगमन गर्ने उल्लेख गरे ।

मन्त्री रिजालले भने,‘आउँदै गरेको दशैँ र तिहारमा अन्य उपभोग्य वस्तुका साथै एलपी ग्यासको पनि बजारमा माग बढ्न जान्छ । यस्तो समयमा बजारमा कृत्रिम अभाव र कालाबजारीको पनि सम्भावना रहन्छ । सरकारको तर्फबाट यस अवस्थामा ग्यास आपूर्तिको शृङ्खलालाई टुट्न दिने छैन र निरन्तर बजार अनुगमन गरिनेछ ।’

मन्त्री रिजालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, ऊर्जालाई स्वच्छ एवम् नवीकरणीय ऊर्जाले विस्थापित गर्ने नीति लिएको पनि उल्लेख गरे ।रिजालले व्यावसायिक निष्ठा कायम राख्दै ग्यास उद्योगलाई मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रूपमा विकास गर्न आग्रह गरे ।

Related posts

नेपाल बैंकबाट २० अर्ब रुपैयाँ गायब

MadhesKhabar

महशुल नतिर्ने बाराका उद्योगहरुकाे विद्युत लाइन काटिएपछि मजदुरहरु प्रदर्शनमा

MadhesKhabar

वीरगन्जमा मधेस प्रदेशस्तरीय ’स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन’ आयोजना हुदैं

MadhesKhabar

Leave a Comment